+
+
Shares

गाँजा खाएर वेटरलाई दोस्रो तलाबाट फ्याँकेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २०:२४

१७ भदौ, काठमाडाैं । लागूऔषध गाँजा सेवन गरेर होटलका कर्मचारीको हत्या प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका विनय वाइबा लामा, गुल्मीका कोसविन अर्याल र रामेछापका निशान धमाला छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

कालिमाटीका डीएसपी रुँगम कुँवरका अनुसार पक्राउ परेका ३ जनासहित ५ जना गएराति कलंकीको नारायणी गेष्ट हाउसमा बसेका थिए । राति कोठामा खान पुर्याउन जाँदा होटलका कर्मचारी विवेक सोनाम सुनारसँग विवाद भएको थियो ।

त्यसक्रममा उनीहरूले होटलको दोस्रो तलाबाट सुनारलाई भुइँमा फ्यालेको होटल सञ्चालक नारायण पुडासैनीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अवस्था गम्भिर रहेको चिकित्सकहरुले बताएका छन् ।

घटनापछि भाग्दै गरेका ५ जना मध्ये ३ जनालाई स्युचारटारबाट नियन्त्रणमा लिइएको कुँवरले बताए । संलग्न अन्यको खोजी जारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?