Comments Add Comment

प्रभासको ‘साहो’लाई चोरीको आरोप

प्रभास अभिनित चलचित्र ‘साहो’ले बक्सअफिसमा आक्रामक ब्यापार गरिरहेको छ । यसले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको यस चलचित्रले तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।

श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भए पनि समीक्षात्मक रुपमा भने निकै कमजोर बनेको छ । समिक्षकले चलचित्र बेकारको समेत भनेका छन् लेखेका छन् । चलचित्रमा प्रभासको फाइटबाहेक केही आकर्षण नभएको उनीहरुको टिप्पणी छ ।

यस्तैमा, चलचित्रलाई अहिले चोरीको आरोपसमेत लागेको छ । फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन् । निर्देशक जेरोमले ट्विट गर्दै चोरीको आरोप लगाएका हुन् । उनले आफ्नो ट्विटमा साहो निर्देशक सुजिथलाई चोरी गर्दा ढंग पु¥याएर चोरी गर्नसमेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment