Comments Add Comment

चितवन मेडिकल कलेजको प्रशासनमा विद्यार्थीद्वारा तालावन्दी

१८ असोज, चितवन । चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको चिकित्सा शिक्षा संर्घष समितिले भरतपुरको चितवन मेडिकल कलेज प्रशासनमा तालावन्दी गरेको छ ।

उनीहरुले भरतपुर-१० मा रहेको चितवन मेडिकल कलेजको प्रशासन र भरतपुर ५ कैलाशनगरमा रहेको सोही कलेजको प्रशासन कक्षमा तालावन्दी गरेका हुन् । मेडिकल कलेजको स्वास्थ्य सेवा प्रभावित नहुने गरी प्रशासन मात्रै बन्द गरिएको संर्घष समितिका अभियानता प्रविन स्याङतानले जनाए ।

चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनु पर्ने लगायतका माग उनीहरुले राख्दै आएका छन् । त्यसका लागि साझा परीक्षा प्रणाली अवलम्वन गर्नुपर्ने, प्रवेश परीक्षाको योग्यताको आधारमा भर्ना गर्नुपर्ने, परीक्षा शुल्कमा एकरुपता कायम गर्नुपर्ने माग विद्यार्थीको छ ।

भदौ ५ गतेबाट चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले राज्यले तोकेको भन्दा बढी शुल्क लिएर पढाउने मेडिकल कलेजहरु माथि छानविन गरी कारबाही गर्नुपर्ने माग उठाउँदै आएका छन् ।

देशको कुल बजेटको १० प्रतिशत स्वास्थ्य सेवा र शिक्षाका लागि खर्च गर्नुपर्ने माग आफुहरुको रहेको चितवन मेडिकल कलेजमा इन्र्टनसिप गर्दै गरेका एमवीवीएसका विद्यार्थी प्रकाश चन्दले बताए । चिकित्सा शिक्षा संर्घष समितिले भदौ २५ गते काठमाण्डौं वृहत प्रर्दशन गर्ने तयारी गरिरहेको चन्दले बताए । २६ गतेसम्म आफूहरुको माग पूरा नभए थप संर्घषका कार्यक्रम तय गर्ने चन्दको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment