Comments Add Comment

विश्वकप छनोट : दोस्रो चरणको खेलमा आज नेपाल र कुवेत भिड्दै

१९ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार रातिको १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ । कुवेत भने जित हात पार्ने रणनीतिमा छ ।

२०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले यही भदौ २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment