Comments Add Comment

जैश-ए-मोहम्मद प्रमुख र दाउद इब्राहिमसहित चार जना आतंकवादी घोषित

१९ भदौ, काठमाडौं । भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ ।

भारतले लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले यसअघि नै जैश-ए-मोहम्मद प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिसकेको थियो । मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । यसैगरी लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।

भारतमा केही आतंकवादी आक्रमण गराएर वान्टेडको सूचीमा रहेका भारतीय अन्डरवर्ल्ड डन दाउद पाकिस्तानको कराँचीमा रहेको बताइन्छ । तर, पाकिस्तानले आफ्नो देशमा उनको उपस्थिति नकार्दै आएको छ ।

यसैबीच भारतीय सेनाले भारतमा लश्कर-ए-तोयबामा आवद्ध दुई जनालाई गिरफ्तार गरेको जनाएको छ । पाकिस्तानले कश्मीर क्षेत्रमा लश्कर-ए-तोयबाका व्यक्तिहरुलाई भारतमा घुसपैठ गराउने कोसिस गरिरहेको र गुलमर्ग भन्ने स्थानबाट दुई जनालाई पक्राउ गरिएको भारतीय सेनाले जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment