+
+
Shares

प्रहरीको असई हुँ भन्दै रकम असुल्न खोज्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १३:१२

१९ भदौ, काठमाडौं । प्रहरी हुँ भन्दै अवैधरुपमा रकम असुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ का २७ वर्षीय भक्तबहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोकका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् । प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुले अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक  (असई) भएको भन्दै काठमाडौं स्वयम्भू गैरीगाउँका धर्म गुरुलाई डर-धम्की देखाइ रकम असुल गर्न खोजेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?