+
+

यसरी मनाए ऋषि कपूरले जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १३:४५

आफ्नो जमनाका लोकप्रिय अभिनेता ऋषि कपूर उमेरले ६७ बर्ष पुगेका छन् । उक्त अवसरमा छोरी रिद्धिमा कपूर साहनीले उनका केही पुराना तस्बिरहरुको कोलाज बनाएर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

उक्त कोलाजसंगै रिद्धिमा लेखेकी छिन्-‘मनदेखि तपाईंको लागि बुवा, सबैभन्दा महत्वपूर्ण व्यक्तिका लागि । म तपाईंलाई माया गर्छु ।’ यो भनाइसंगै रिद्धिमाले ह्यास ट्गाय माइड्याडीस्ट्रङ्गेस्ट पनि लेखेकी छिन् । रिद्धिमा उक्त कोलाज ऋषि कपूरको बर्थडेको पूर्व सन्ध्यामा पोस्ट गरेकी थिइन् । कोलाजमा ऋषि कपूरलाई उनको उमेरका अलग-अलग क्षणमा देखाइएको छ ।

पहिलो तस्बिरमा साना ऋषि आफ्नो बुवा राज कपूरको काखमा बसेको देखिएका छन् । दोस्रो तस्बिरमा उनी केही ठूला देखिएका छन् । तेस्रो तस्बिर फिल्म ‘मेरा नाम जोकर’ को उनको चरित्रमा छ । पाँचौं तस्बिर ऋषिको डेब्यू फिल्म ‘बबी’ को बेलाको हो, जबकि छैठौं तस्बिर सन् १९८० को दशकको ऋषिको लूकको हो ।

ऋषि कपूर यतिबेला अमेरिकामा छन्, जहाँ उनको क्यान्सरको उपचार भैरहेको थियो । एउटा समाचारमा जनाइए अनुसार ऋषि अहिले पूर्ण रुपले स्वस्थ भैसकेका छन् र चाँडै नै भारत र्फकन इच्छुक छन् । उनी आफ्नो बर्थडे भारतमै मनाउन चाहन्थे, तर त्यस्तो भएन ।

यसैबीच, ऋषिलाई मन पराउनेहरुले उनलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् । त्यस्ता थुप्रै शुभकामनाहरु मध्ये एउटा शुभकामनामाथि ऋषिले ट्वीट गर्दै लेखेका छन्- ‘धेरै धेरे धन्यवाद । त्यसो त मेरो समय भारतको भन्दा साढे नौ घण्टाले पछाडि छ, म तपाईंको शुभकामनाहरुलाई पुरै प्रेम तथा विनम्रताका साथ स्विकार गर्छु ।’

ऋषि कपूर अघिल्लो वर्ष उपचारका लागि अमेरिका गएका थिए । ऋषिलाई उक्त रोगले च्याप्नु कपूर खानदानकै लागि एउटा झटका थियो । यतिबेला उनका प्रशंसकहरु ऋषिको भारत फिर्तीको प्रतिक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?