+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीरगञ्ज–काठमाडौं रुटमा आरामदायी नयाँ रात्री बस थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १६:३२

१९ भदौ, वीरगञ्ज । पोखरा जगदम्बा टुर एण्ड ट्राभल्सले वीरगञ्ज–काठमाडौं रुटमा आरामदायिक सुविधा सम्पन्न नयाँ रात्री बस सेवा सञ्चालनमा ल्याउने भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा सञ्चालित पोखरा जगदम्बा टुर एण्ड ट्राभल्सले सञ्चालनमा ल्याउन लागेको आरामदायिक नयाँ बसको २१ वटा सिट क्षमता रहेको छ ।

बिहीबार राति वीरगञ्जबाट छुट्ने नयाँ यात्रुबाहक बसको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एक कार्यक्रमका बीच गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख सरावगीले आरामदायी एवं सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दा वीरगञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘विभिन्न समस्या र चुनौतिकाबीच सुविधा सम्पन्न सार्वजनिक बस वीरगञ्जमा आईरहेको छ,’ उनले भने, ‘सुविधा सम्पन्न बस सेवा सञ्चालनले वीरगञ्जको विकासमा अझ टेवा पुग्छ ।’

वीरगञ्जबाट अहिले सञ्चालमा आइरहेका डिलक्स बस भन्दा यो बस यात्रुहरुको लागि बढी आरामदायी हुने दावी जगदम्बा टुर एण्ड ट्राभल्सका अध्यक्ष केशव अधिकारीले गरे ।

‘बसमा सुत्न मिल्ने एसी, टीभी, वाईफाई लगायतको सुविधा छ,’ अधिकारीले भने, ‘यात्रुलाई कुकिज, कोल्ड ड्रिँक्स दिन्छौं ।’
टिकट काउन्टरका लागि बनेपा सुपर डिलक्ससँग सहकार्य गरेको भन्दै उनले वीरगञ्जबाट काठमाडौंसम्मको भाडा १४ सय रुपैयाँ तोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?