
१९ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिन्दु राज्य बनाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य बनाउने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका हुन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्व गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको बताए ।
नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले सोही मान्यतामा अडिग रहेको उनको तर्क थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4