Comments Add Comment

मलाई बलीको बोका बनाइयो : बेल

२० भदौ, काठमाडौं । वेल्सका विंगर ग्यारेथ बेल जिनेदान जिदानको टिममा फर्किएका छन्, तर सान्टिएगो बेर्नाबाउमा उनी खुसी नभएको प्रष्ट संकेत गरेका छन् । उनले आफूलाई बलीको बोका बनाएको महसुस गरेका छन् ।

वेल सिजनको पूर्व सन्ध्यामा रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङसु सनिङ जान सहमत भइसकेका थिए । क्लबका प्रशिक्षक जिदानले पनि वेलले क्लब छाड्ने बताइसकेका थिए । तर अन्तिम समयमा रियलले उनलाई रोक्यो ।

‘म बुझ्दछु कि सबैभन्दा बढी बलीको बोका मलई बनाइयो,’ बेलले स्काई स्पोर्ट्ससँग भनेका छन् ।

उनले आफ्ना लागि मात्र नभई टिमकै लागि गत सिजनको अन्त्य निकै कठिनाइका साथ भएको बताए । ‘म भन्दिनँ कि म खुसीसाथ खेलिरहेको छ, तर खेलिरहेको छु । जब म खेलिरहेको हुन्छ, म व्यवसायिक खेलाडी हुँ र सकेको गर्छु,’ उनले भने ।

बेलले सिजनको सुरुवात राम्रोसँग गरेका छन् । उनले दुई गोल गरेका छन् भने असिस्ट पनि । अब युरोकप छनोटमा अजरबैजानविरुद्ध खेल्ने तयारीमा छन् ।

उनले आफू करियरको कठिन समयमा रहेको दाबीलाई ठाडै अस्वीकार गरेका छन् । ‘प्रिसिजनबाट फर्किँदा मेरो शिर निहुरिएको थियो र, मेराबारे धेरै कुराकानी भएको थियो । राम्रो, नराम्रो, जस्तो उनीहरुले चाहेका छन्,’ उनले भने, ‘तर यो मेरो करियरको खराब समय होइन । र, कसरी सम्हालिनुपर्छ भन्ने मलाई थाहा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment