
२० भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा हरेक वर्ष सेवा लिने विरामीहरुको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै अस्पतालबाट सेवा लिने विरामीको संख्या ३ लाख २० हजार ४ सय ४४ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ७३ हजार बढी हो ।
गत वर्ष अस्पतालको बहिरंग विभागबाट सेवा लिने विरामी २ लाख ७३ हजार ४ सय २८ थिए । अघिल्लो आर्थिक वर्ष १ लाख ९९ हजार ५ सय ३९ विरामीले ओपिडीबाट सेवा लिएका थिए ।
यसैगरी अस्पतालको सामाजिक सेवाबाट ८ हजार ७ सय ९७ जनाले निःशुल्क तथा आधा शुल्क तिरेर सेवा लिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यसैवीच, विरामीको चाप बढ्दै गएपछि सेवा सुधारका लागि मन्त्रालयसँग अस्पतालले २४ करोड रकम माग गरेको छ । त्यसमध्ये पँुजीगत खर्चका लागि ११ करोड ५० लाख माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4