Comments Add Comment

घरमै गर्न सकिन्छ यी उपचार

आजको व्यस्त जीवनमा हामी अधिकांश कामहरु हतारमै गरिरहेका हुन्छौं । जसका कारण कहिलेकाहीँ हामीलाई सामान्य चोटपटक लाग्न सक्छ । घरमा चकचक गर्ने केटाकेटी छन् भने त हरेक दिन सामान्य चोट लाग्ने निश्चित छ । केटाकेटीहरु खेल्ने मुडमा ध्यान दिएर हिँड्दैनन् । जसका कारण उनीहरुलाई चोट लाग्छ ।

त्यस्तै घरको कामकाज गर्दा जस्तैः तरकारी काट्दा, सामान सार्दा, किलाहरु ठोक्दा आदि स-साना काम गर्दा धेरै चोटपटक लाग्न सक्छ । कुनै चोट त सामान्य हुन्छ, आफैं निको हुन्छ । तर कुनै घाउ गहिरो हुन्छ, जसलाई निको हुन समय लाग्नुको साथै उपचारको पनि आवश्यकता पर्छ । त्यस्तै कुनै चोटको लागि त डाक्टर कहाँ नै जानु पर्ने आवस्था आउँछ ।

त्यसैले काम गर्दा, खेल्दा र हिँडडुल गर्दा ध्यान दिनु आवश्यक छ । यदि तपाईंलाई चोट लागेको छ र सामान्य उपचारले पनि निको हुन्छ भने आज हामी चोट लागेको बेला गर्न सकिने घरेलु उपचारको बारेमा जानकारी दिँन्छौं ।

भेनेगर

धेरै पोल्ने भएकाले मानिसहरु घाउमा भेनेगर लगाउन मन गर्दैनन् । तर यसको प्रयोगले घाउ छिट्टै निको हुन्छ । तर यसको बढी मात्रामा प्रयोग भयो भने तपाईंको छाला अत्याधिक पोल्न सक्छ । त्यसैले यसको प्रयोग गर्दा कपासमा एक-दुई थोपा मात्र हालेर घाउमा लगाउनु पर्छ ।

टी-ब्यागको प्रयोग

चोट लागेर धेरै रगत बगेेको अवस्थामा रगत बग्नबाट रोक्न टी-ब्याग अति नै उपयुक्त हुन्छ । घाउ भएको ठाउँमा टी-ब्यागको प्रयोगले घाउ छिट्टै भरिन्छ । घाउका कारण तपाईंले धेरै पीडा पनि भोग्नु पर्दैन ।

बेसार

बेसार एउटा प्राकृतिक एन्टीसेप्टिक हो, जसको प्रयोगले घाउमा हुने इन्फेक्सन फैलनबाट रोक्न सकिन्छ । घाउ लागेको समयमा बेसारको प्रयोग तुरुन्त गरिँदा अति नै फाइदा पुर्‍याउँछ ।

मह

यदि तपाईंको छाला धसि्रएको छ भने धसि्रएको ठाउँमा सफा पानीले पखालेर त्यसमा महको लेप लगाउनु पर्छ । यसो गर्दा तपाईंको घाउ दुख्न कम हुन्छ र छिट्टै निको पनि हुन्छ । यसबाहेक घाउका कारण सुन्निने समस्या पनि हुँदैन ।

एलोभेरा (घ्यु कुमारी)

काटेको, पोलेको र छाला निस्केको ठाउँमा एलोभेरा लगाएर तुरुन्त ठीक पार्न सक्नु हुन्छ । यसको लागि एलोभेराको गुदी (जेली) निकालेर घाउमा लगाउनुपर्छ । त्यसले तपाईंको घाउमा तुरुन्त राहत प्रदान गर्छ । त्यस्तै पोलेेको ठाउँमा पनि एलोभेराको प्रयोग गर्नाले फोका आउन रोक्छ र जलन कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment