+
+
Shares

कैलालीबाट झण्डै ३० लाख रकमसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १४:०९

२० भदौ, कैलाली । कैलालीबाट प्रहरीले २९ लाख ८० हजार रुपैयाँ अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

युपी ३१ एके ७३४८ नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कैलाली भन्सार कार्यालय नजिकैबाट भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।

गोप्य सूचनाको आधारमा उनी चढेर आएको कारको खानतलासी गर्दा २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद भएको गिरीले बताए ।

धनगढीमा सुन पसल सञ्चालन गर्दै आएका बर्माको साथबाट विभिन्न बैैंकका ६ वटा एटिएम कार्ड र खाली चेक समेत बरामद भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?