Comments Add Comment

पकाहा मैनपुर गाउँपालिकाकी उपाध्यक्षद्वारा वडाध्यक्षविरुद्ध उजुरी

२० भदौ, वीरगञ्ज । पर्साको पकाहा मैनपुर गाउँपालिकाको उपाध्यक्ष कुसमी देवीले वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । वडानम्बर ३ का अध्यक्ष मदन साह कानुविरूद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएकी हुन् ।

न्यायिक समितिको संयोजकसमेत रहेकी उपाध्याक्षलाई आफैं अन्यायमा परेको भन्दै प्रहरी कार्यालय पुगेकी छन् । समस्याका बारेमा उनले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई समेत जानकारी गराएको बताइन् ।

गाउँ सभाको विषयलाई लिएर आफूलाई अभद्र व्यवहार गर्नुको साथै जथाभावी गालीगलौज गरेकोले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको उपाध्यक्ष कुसमीको भनाइ छ ।

‘गाउँ सभा, योजना छनौटलगायतका विषयमा पटक-पटक वडाध्यक्ष कानुले अभद्र व्यवहार गरिरहेका छन्,’ उनले भनिन्, ‘ सम्झाउँदा समेत नमानेपछि प्रहरीको उजुरी दिएको हुँ ।’

जिल्ला प्रहरी कार्यालयले वडाध्यक्षलाई समेत जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस न्याय दिने उपमेयर आफैं अन्यायमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment