Comments Add Comment

मेस्सीले चाहे जुनमा बार्सिलोना छाड्न सक्छन्

काठमाडौं । यदि लिओनल मेस्सीले चाहेमा आगामी जुनमा उनले क्लब बार्सिलोना छाड्न सक्नेछन् । यो खबरको क्लब अध्यक्ष जोसेप बार्तामेउले पुष्टि गरे ।

तर उनको दाबी छ, मेस्सीले नु क्याम्प छाड्दैनन् । ‘उनीसँग सम्झौता छ, जसमा हामीले दुई वर्ष अघि हस्ताक्षर गरेका थियौं’ बार्तामेउले बार्सा टीभीसँग भनेका छन् ।

‘२०२०/२१ को सिजन अगाडि उनले बार्सिलोना छाड्न सक्छन् । जसरी अरु खेलाडीहरु जाभी, -आन्द्रे) इनिस्टा र -कार्लोस) पुयोलले विचमै अनुबन्ध तोडेका थिए ।’

तर मेस्सी बार्सिलोनाप्रति प्रतिवद्ध रहेको भन्दै उनले सम्झौता अवधिभर क्लबमा रहने उनको विश्वास छ ।

साथै मेस्सीसँग खेल्ने टिमलाई उत्कृष्ट बनाउन क्लबले लगातार काम गरिरहेको संकेत गरे ।

‘हरेक वर्ष अघिल्लो वर्षको तुलनामा राम्रो टिम बनाएका छौं तर, यो सत्य हो कि हामीले रोमा र लिभरपुलसँग जस्तो खराब खेल पनि खेल्यौं,’ अध्यक्ष बार्तामेउले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment