+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

उर्जामन्त्री पुन यूएई भ्रमणमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १३:१७
Photo Credit : रोशन खड्का/उर्जा मन्त्रालय

२२ भदौ, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् -यूएई)का राजदूत सइद हमदान अल नकी बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानीको लागी प्रेरित गरिदिन आग्रह गरे ।

उनले दुई देशबीचको सम्बन्ध परापुर्व कालदेखी नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसँग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे ।

उनले युएईले पनि तेल र ग्यांसको सट्टा उर्जामा ध्यान केन्दि्रत गर्न लागेको जानकारी दिँदै नेपालमा पनि लगानीको लागी आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराए ।

उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ युएईको तीन दिने भ्रमणमा जाँदै छन् युएईमा आयोजना हुन लागेको २४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आईतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागीता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ ।

१ सय ५० देशको सहभागीता रहने उक्त सम्मेलनमा तेल,ग्यास, जलविद्युत, पुर्वाधार,उर्जा उत्पादन, वैकल्पिक उर्जा, नविकरणीय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुनेछ ।
उनी भदौ २६ मा स्वदेश र्फकने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव दूर्गा चापागांईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?