Comments Add Comment

‘पासवर्ड’मा यसरी जोडिइन् सन्नी

भदौको २७ गतेबाट चलचित्र ‘पासवर्ड’ रिलिज हुँदैछ । यो चलचित्रमा बलिउड नायिका सन्नी लियोनीले आइटम नृत्य गरेकी छिन् । जसकाकारण पनि यो चलचित्र चर्चामा छ । चलचित्रका मुख्य कलाकारमा विक्रम जोशी, अनुप विक्रम शाहीलाई देख्न सकिन्छ । चलचित्रमा विक्रमको लगानी समेत छ । बेलायतमा रहेका विक्रमले मिडियासँग कुरा गर्दै चलचित्रलाई एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको बताएका छन् ।

नायिका सन्नी लियोनीलाई चलचित्र ‘ह्याप्पी डेज’मै काम गराउने योजना बनेपनि बजेट धेरै भएकाले नसकिएको उनले बताएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई मुर्ती चोरीको कथा भनेर वुझेका छन् । विक्रमले चलचित्रको मुख्य कथा यही मात्र नभएको बताएका छन् ।

सन्नी लियोनीलाई प्रचारका लागि मात्र चलचित्रमा नलिएको उनले बताए । नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनका लागि विदेशी कलाकारलाई पनि जोड्नुपर्ने आफ्नो सोच रहेको भन्दै यसैले सन्नीलाई अफर गरिएको विक्रमले बताएका छन् ।

विक्रमका अनुसार, नेपालमा ३–४ वटा चलचित्र बन्न सक्ने बजेट यसमा खर्चिएको छ । यसैले, एकसाथ १२ वटा देशमा चलचित्र रिलिज गर्न लागिएको उनको तर्क छ । सन्नी लियोनीलाई महंगो रकम दिएको बिषयमा विक्रमले भने–‘चलचित्र भनेको पर्यटन विकासको भरपर्दो माध्यम पनि हो । हामीले अन्तरराष्ट्रिय स्तरका कलाकारलाई नेपाली चलचित्रसँग जोड्दा नेपाली चलचित्रको मात्र नभई पर्यटन विकासमा पनि सहयोग हुन्छ । यसैले, सन्नीलाई लिएर कती फाइदा हुन्छ या हुँदैन भन्ने हामीले सोचेका छैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment