+
+
Shares

भारतको चन्द्रयान असफल हुँदा पाकिस्तानी मन्त्रीको यस्तो घोचपेच

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १४:३९

काठमाडौं । भारतले चन्द्रमामा पठाएको यान लक्ष्यमा पुग्नुभन्दा अगावै सम्पर्कविहिन बन्यो । यसबाट भारतीयहरु निकै निराश भएका छन् । तर, भारतको दुश्मन राष्ट्रका रुपमा चिनिएको पाकिस्तानमा भने यो खबरमा हाँसीमजाक चलिरहेको छ ।

पाकिस्तानीहरुले सामाजिक सञ्जालमा भारतीय चन्द्रयानको असफलतालाई लिएर व्यंग्यात्मक टिप्पणीहरु गरिरहेका छन् । यस्तो टिप्पणी गर्नेमा सर्वसाधारण मात्र नभएर केही उच्चपदस्थहरु पनि छन् । पाकिस्तानमा ‘इन्डिया फेल्ड’ भन्ने ह्यासट्याग ट्रेन्डिङ नै भइरहेको छ ।

पाकिस्तानी विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैनले सामाजिक सञ्जालमा गरेको टिप्पणीले त भारतीयहरुलाई निकै आक्रोशित बनाएको छ । आफ्नो ट्विटर अकाउन्टमा हुसैनले लेखेका थिए, ‘जो काम आता नहीँ पंगा नहीँ लेते ना, डियर इन्डीया, नालायकहरुमाथि ९०० करोड रुपैयाँ खन्याउनु बुद्धिमानी होइन ।’

केन्द्रिय मन्त्रीको यस्तो ट्विटले भारतीयहरुलाई निकै चोट पर्‍यो । उनीहरुले मन्त्री हुसैनमाथि गाली बर्षाउन थाले ।

त्यसपछि मन्त्री हुसैनले एकपछि अर्को धारा वाहिक ट्विट गरे ।

उनका केही ट्विटहरु यस्ता थिए :

‘प्रिय भारत, चन्द्रयान जस्तो कठिन मिसनमा आफ्नो धनराशी खर्च गर्नु वा अभिनन्दन जस्तो मूर्खलाई सीमापार चिया पिउन पठाउनु भन्दा देशभित्रको गरिबी निवारणमा आफूलाई केन्द्रित गर । कश्मिरमा तिमीले गरेको प्रयत्न पनि अर्को चन्द्रयान हो, खाली यसको मूल्य चाहिँ ठूलो छ ।’
त्यसपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयानको असफलतापछि वैज्ञानिकहरुलाई सम्वोधन गरेको भिडियो सेयर गर्दै लेखेका छन्, ‘मोदीजी स्याटेलाइटको विषयमा यसरी भाषण दिँदै हुनुहुन्छ, मानौं उहाँ कुनै राजनीतिज्ञ नभएर अन्तरिक्षयात्री हो । लोकसभाले एउटा गरिब राष्ट्रको ९ सय करोड रुपैयाँ सत्यानाश पारेको विषयमा उहाँलाई प्रश्न गर्नुपर्छ ।’

‘भारतले चन्द्रमामा जाने एक मात्र उपाय भनेको बलिउड मार्फत हो । यसका लागि अर्को १ सय करोड चाहिन्छ । गम्भीर भएर भन्दा, अतिवादीहरु सँधै असफल हुन्छन् । र, तिमी असफल भयो किनकी वैज्ञानिकहरुभन्दा तिमीले ज्योतिषीहरुमा भर परेर मिसनलाई बिलम्ब गर्‍यो ।’
‘भारतीयहरु मलाई यसरी गाली गर्दैछन् कि मानौं उनीहरुको ९ सय करोड रुपैयाँ मैले नै झ्वाम् पारिदिएको हुँ ।’

आफ्नो पछिल्लो ट्विटमा चाहिँ हुसैनले मोबाइल एप डाउनलोड गरेर चन्द्रमामा पुग्ने तरिका सिकाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?