Comments Add Comment

क्यानको अधिवेशन असोज ३ मा गर्ने स्‍वतन्त्र समितिको तयारी

२२ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशन आउँदा असोजमा हुने भएको छ ।

स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले असोज तीन र चार गते क्यानको अधिवेशन गर्ने तयारी भएको जानकारी दिएका हुन् । क्यानको प्रादेशिक अधिवेशन भदौ २१ गते शनिबार सकिएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको स्वतन्त्र समिति क्यानको केन्द्रीय कार्यसमितिको चुनाव गर्नतर्फ लागेको हो ।

स्वतन्त्र समितिका सदस्य क्षेत्रीले भने, ‘जिल्ला र प्रदेश हाम्रो तालिकाअनुसार नै सम्पन्न भएको छ । अब हामीले असोज तीन र चार गते क्यानको केन्द्रीय अधिवेशन गर्ने तालिका राखेका छौ । आईसीसी र राखेपसँग समन्वयन गरेर हामी चुनाव गर्दै छौ । त्यसको लागि आईसीसीले स्वीकृति दिनेछ ।’

३९ जिल्ला प्रतिनिधि र सात प्रदेशका २१ प्रतिनिधि गरी कुल ६० प्रतिनिधि रहेका छन् । विधानअनुसार क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ ।

विवादरहित नै चुनाव सम्पन्न हुने र क्यानले असोज पहिलो साता कार्यसमिति पाउने क्षेत्रीले दावी गरे । उनले भने, ‘अक्टोबर १३ मा आईसीसीको बैठक छ । हामीले त्यो भन्दा अगाडि नै निर्वाचन सम्पन्न गरेका हुन्छौं । क्यान निलम्बन छिट्टै फुकुवा हुनेमा म विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment