Comments Add Comment

युरो कप छनोट : फिनल्यान्डमाथि इटालीको जित

Photo Credit : यूईएफए

२३ भदौ, काठमाडौं । युरो कप छनोट फुटबलअन्तर्गत समूह ‘एच’ मा भएको खेलमा इटालीले जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा इटालीले घरेलु टोली फिनल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो । इटालीको जितमा सिरो इमोबाइल र जोर्गिन्होले गोल गरे । यता, फिनल्यान्डका लागि भने टिम मुकीले गोल फर्काएका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा दुवै गोल गरेको हो । त्यस्तै, फिनल्यान्डले पनि दोस्रो हाफमा नै गोल गर्न सफल भयो । खेलको ५९औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा फिनल्यान्डले पेनाल्टी पायो । मुकीले पेनाल्टीको सदुपयोग गर्दै १–१ गोलको स्थितिमा ल्याए । तर ७९औं मिनेटमा इटालीले पनि पेनाल्टी पाएको थियो । यही पेनाल्टीबाट गोल गर्दै जोर्गिन्होले इटालीलाई २–१ गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment