+
+
Shares

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

रासस रासस
२०७६ भदौ २३ गते ९:५६

२३ भदौ, जुम्ला । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

आइतबार सडक डिभिजन कार्यालय जुम्ला र कालीकोटबाट आएको जेसिबीले दिनभरि बाटो निर्माण गरेपछि बेलुका ६ बजे सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि शनिबारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए । सडक सञ्चालन भएपछि आइतबार बेलुका यात्रु आ–आफ्नो गन्तव्यस्थलतिर लागेका थिए ।

शुक्रबार रातिको सो बाढीले टाकुल्लाको विद्युत्गृह, धानबालीमा समेत क्षति पुर्याएको स्थानीय लालकौरा शाहीले दुखेसो पोखे । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ । उक्त राजमार्ग ३६ घण्टा अवरुद्ध भएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?