Comments Add Comment

नयाँ ट्राफिक प्रहरी प्रमुखले सार्वजनिक गरे ७ प्राथमिकता

२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका नयाँ प्रमुख भीमप्रसाद ढकालले ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका छन् ।

महाशाखाको नेतृत्व सम्हालेको तीन दिनपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले पत्रकार सम्मेलन गरेर प्राथमिकताका कार्य सार्वजनिक गरेका हुन् ।

जसअनुसार ढकालको पहिलो प्राथमकिता स्मार्ट ट्राफिक पुलिस बनाउनेमा हुने जनाइएको छ । ‘विगतभन्दा अहिलेको ट्राफिक प्रहरी धेरै राम्रो भइसकेको छ’, ढकालले भने, ‘तर, पर्सनालिटी, आचरण, व्यवहार, ज्ञान, सीप र क्षमताले भरिपूर्ण बनाउँदै ट्राफिक प्रहरीलाई अझै राम्रो बनाएर लानेछु ।’

उनले दोस्रो प्राथमिकतामा सर्वसाधारणको समस्याको सुनुवाई र समाधानमा तादरुकता रहेको बताए । उनका अनुसार प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा पनि जोड दिइनेछ ।

‘हाम्रो व्यवहारमा पनि विनम्रता देखिनेछ भने कानून कार्यान्वयको सवालमा हामी कडाइका साथ प्रस्तुत हुनेछौं’, उनले थपे, ‘राजधानीलाई आधुनिक, सहज र प्रभावकारी बनाउन ट्राफिक प्रहरीको कदम मात्र पर्याप्त हुँदैन । त्यसैले सबै सरोकारवाला निकायसँग पनि सहकार्य गरेर अघि बढ्नेछु ।’

ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने बताउँदै उनले भने, ‘ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चोहनाको रुपमा लैजाने गरी काम गर्छौं ।’

यसअघि भएको एसएसपी सरूवामा ट्राफिकका वसन्त पन्तको सरूवा भएपछि अपराध अनुसन्धान विभागमा कार्यरत् ढकालले जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment