Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

२३ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं ३, धादिङ्ग धार्के गाउँपालिका, वडा नं. ५ मा सन्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ ।

आर्थिक सहयोगले फाउण्डेशनद्वारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्र्त्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्‍याउँदै आईरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंक लिएको छ ।

संस्थालाई रु.५० हजार को चेक बैंकको तर्फबाट महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउन्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment