Comments Add Comment

वर्ल्ड लिंकको दशै र तिहार अफर

२२ भदौ, काठमाडौं । दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषकअफर ल्याएको छ ।

अफर अन्र्तगतग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवामात्र रु.२५ हजार ९९० मा पाउन सक्नुहुनेछ ।

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त वल्र्डलिंकले सामान्य टि.भीलाई युट्युबफिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुने गरी रु.२५० नगद ब्यालेन्स प्राप्त सक्नेछन् । थप जानकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment