
२३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र सुन रिसिभ गर्न पुगेका अन्य दुई जना छन् ।
विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार गुरुङ हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ मार्फत काठमाडौं आएका थिए । उनले मसला पिस्ने ओखलमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् । यसरी ल्याइएको सुन नेपालमा उत्रिसकेर संकलन गर्ने गरिन्छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4