Comments Add Comment

आइएमई लाइफद्वारा एजेन्सी सम्मान

२३ भदाैं, काठमाडाैं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले यही भाद्र १९ गते चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा आर्थिक बर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरेको हो । कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष डा रामहरि अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिँदै अभिकर्ताहरुको बिमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताए । आगामी दिनमा बिमा व्यवसायलाई थप मर्या्दित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।

त्यसैगरी कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनी कुमार ठाकुरले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई यस कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

सो अवसरमा सम्पूर्ण अभिकर्ताहरुलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि अयोजना गरीएको थियो । कार्यक्रमले बिभिन्न घोषणाहरु पारित समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment