
२३ भदौ, काठमाडौं । सोमबारबाट काठमाडौंमा विजुली बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले थप ५० वटा बस खरिदका लागि सम्झौता गरेको छ । एक वर्षभित्र ५० वटा बस भित्र्याउने गरी चीनको बीएके कम्पनीसँग सम्झौता भएको हो ।
सुन्दरका अध्यक्ष भेषबहादुर थापा र बीएकको प्रमुख कार्यकारी अधिकृत लुओ च्यान लिनबीच सोमबार बेलुका बस खरिदको सम्झौता भएको हो । सम्झौता अनुसार अर्डर गरेको १२० दिनभित्र नेपालमा डेलिभरी दिने
छ ।
कम्पनीले २ वटा बस नेपाल ल्याएर सञ्चालनको सुरुआत गरेको छ भने केही दिन भित्रै ५ वटा बस नेपाल आइपुग्ने सुन्दर यातायातले जनाएको छ । यी बसहरु काठमाडौंसहित विभिन्न प्रदेशका शहरहरुमा सञ्चालन गर्ने कम्पनीको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4