+
+

किशोरी बलात्कारका ९ आरोपी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते ७:००

२४ भदौ, नवलपरासी । नवलपरासीको सुस्तामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भिडहारलाई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार लुकिछिपी भागिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले किशोरीलाई धम्की दिएर उँखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।

‘अफिस जाँदै गरेकी किशोरीलाई एकान्त बाटोको मौका छोपेर करिब तीन सय मिटर टाढा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ,’ इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले भने, ‘अदालतबाट ५ दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?