Comments Add Comment

कैलालीमा नेकपाका नेताको गाडीमा आगजनी

२४ भदौ, कैलाली । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको गाडीमा अज्ञात समूहले सोमबार राति आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरीप्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा९च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।

सोमबार राति करिब १२ बजेको समयमा अज्ञात समूहले जोशीको घर अगाडि पार्किङ गरी राखेको स्कारपियोमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगजनीबाट गाडीको अगाडिको भागमा क्षति भएको छ ।

आगजनी भएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण आगजनी भएको हुन सक्ने डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment