Comments Add Comment

देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेट

२४ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री वाङले मंगलबार काठमाडौंस्थित एक पाँचतारे होटलमा देउवासँग भेटवार्ता गरेका हुन् । वाङ र देउवाबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायतका विषयमा छलफल भएको छ ।

विदेशमन्त्री वाङले मंगलबार नै नेपाल कम्युनिट्ठ६ पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

वाङ नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment