
२४ भदौ, काठमाडौं । चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति दिन र सबै विश्वविद्यालयको साझा एकीकृत प्रवेश परीक्षाको माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट भएको प्रदर्शनका सहभागीले ७५ प्रतिशत छात्रवृत्तिसम्बन्धी शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना गर्न मेडिकल कलेजसँग माग गरेका छन् ।
त्यस्तै निजी मेडिकल कलेजहरुले लिएका अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब र सुविधा कायम हुनुपर्ने, नर्सिङ भोलिन्टियरिङ बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरमा आएर टुंगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4