Comments Add Comment

पहिलो हाफसम्म चाइनिज ताइपेविरुद्ध नेपाल १–० ले अघि

२४ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणको चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ ।

ताइपे रंगशालामा जारी खेलको पहिलो हाफसम्ममा नेपालले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । आजको खेलमा नेपालले निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

पहिलो खेलमा कुवेतविरुद्ध ७–० गोलको हार ब्यहोरेको नेपालले आजको खेल जित्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment