+
+
Shares

तत्काल नेकपामा नजाने त्रिपाठी समूहको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १९:०२

२४ भदौ, काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले तत्काल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता नगर्ने भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)बाट विद्रोह गरेका त्रिपाठी, बृजेशकुमार गुप्तासहित ५ नेता वाम गठबन्धनमा तत्कालीन एमालेको चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए ।

उनीहरु मध्ये त्रिपाठी र गुप्ता विजयी भए । यो बीचमा वाम गठबन्धन बनाएर चुनाव लडेका तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका छन् ।

स्वतन्त्र राजनीतिक समूहका नेताहरु पनि नेकपा प्रवेश गर्ने चर्चा पनि बेलाबेला हुने गरेको थियो ।

तर मंगलबार काठमाडौंमा भएकोे भेलाले भने समूहलाई थप क्रियाशील बनाउने निर्णय गरेको छ । नेकपाको आफ्नो बलियो संगठन बनेकाले आफूहरु प्राथमिकतामा नपरेको नेताहरुको बुझाइ छ ।

त्यसैले सबै जिल्लामा संयोजकसहित तदर्थ समिति बनाउने र काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ । ‘एमालेसँग सम्झौता गर्दा हाम्रो विचारलाई पनि समेट्ने भनिएको थियो तर त्यसो हुन सकेन’ समूहका नेता गुप्ताले भने, ‘त्यसैले समूहलाई थप क्रियाशील बनाउने निर्णय भएको हो ।’

यद्यपि अहिले नै राजनीतिक पार्टी भने नखोल्ने स्वतन्त्र राजनीतिक समूहका नेताहरुले बताए । उनीहरुका अनुसार समूहका रुपमा थप क्रियाशील भएपछि सत्तारुढ नेकपासँग एकता हुनसक्छ ।

भेलाले कृषि उपज निर्धारण आयोग गठन गर्नुपर्ने, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टका रुपमा स्तरोन्नती गर्नुपर्ने, संविधान संशोधनलगायतका १६ बुँदे माग पनि अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?