
२४ भदौ, काठमाडौं । पोष्टपाटी डटकम अनलाइनमा समाचार लेखेका कारण पक्राउ परेका पत्रकार गोपाल चन्दले सफाइ पाएका छन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायधीश विदुर कोइरालाको एकल इजलासले मंगलबार चन्दलाई सफाइ दिएको हो ।
बहसमा चन्दका तर्फबाट अधिवक्ता कान्तिराम ढुंगाना र दिवस निरौलाले बहस गरेका थिए ।
प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले अनलाइनका सम्पादक चन्दलाई ११ मंसिरमा पक्राउ गरेको थियो । पछि चन्दको मुद्दामा सञ्चालक केबी गुरुङलाई पनि प्रतिवादी बनाइएको थियो । उनले पनि सफाइ पाए ।
पोष्टपाटीमा चितवनको कृष्णचोकमा स्थानीयले नेकपा अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचार अर्कै अनलाइनबाट साभार गरिएको उल्लेख थियो ।
सूचना विभागमा समेत सूचिकृत अनलाइनको समाचारलाई लिएर चन्दलाई पक्राउ गरिएपछि प्रहरीको आलोचना समेत भएको थियो । किनकि, सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्दै आएको छ ।
प्रतिक्रिया 4