Comments Add Comment

कोसोभोमाथि इंग्ल्यान्डको जित

२५ भदौ, काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले युरो कप छनोट फुटबलमा कोसोभोलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा जाडोन सान्चोले दुई गोल गर्दा ह्यारी केन र रहिम स्टर्लिङले समान १–१ गोल गरे । एक गोल भने इंग्ल्यान्डले उपहारस्वरूप पायो । कोसोभोका लागि भने भ्यालोन बेरिसाले दुई र भिडाक मुरिकीले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै घरेलु टोली इंग्ल्यान्डविरुद्ध बेरिसाले गोल गर्दै कोसोभोलाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको आठौं मिनेटमा स्टर्लिङले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको १९औं मिनेटमा कप्तान केनले गोल गर्दै २–१ गोलको अग्रता दिलाए । ३८औैं मिनेटमा कोसोभोले आफ्नै पोष्टमा गोल गरेपछि इंल्ग्यान्डले ३–१ गोलको अग्रता बनायो । ४४औं र पहिलो हाफको अतिरिक्त समयमा सान्चोले गोल गरेपछि पहिलो हाफसम्ममा इंग्ल्यान्ड ५–१ ले अघि रह्यो ।

दोस्रो हाफमा कोसोभोले दुई गोल फर्काएपनि इंग्ल्यान्डलाई रोक्न भने सकेन । खेलको ४९औं मिनेटमा बेरिसाले र ५५औं मिनेटमा मुरिकीले गोल गर्दै खेल ५–३ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा गोल गर्न नसकेपछि खेल इंग्ल्यान्डले जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment