Comments Add Comment

सस्पेन्स–थ्रीलर कथामा ‘चपली हाइट ३’ घोषणा, स्वस्तिमा र सुपुष्पाको भूमिका के होला ?

चलचित्र ‘चपली हाइट ३’को घोषणा गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा सस्पेन्स र थ्रिलर कथामा बन्ने चलचित्रको औपचारिक घोषणा गरिएको हो । कात्तिकबाट छायांकनमा जान लागेको चलचित्रलाई चैत्रमा रिलिज गर्ने तयारी समेत गरिएको छ ।

चलचित्रको तेश्रो सिरिजमा यसअघिका भागका मुख्य कलाकार आमिर गौतम मात्र देखिनेछन् । अरु, कलाकार चलचित्रका लागि नयाँ हुनेछन् । चलचित्रमा नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्टको साथमा नव–कलाकार महेश त्रिपाठीलाई देख्न सकिन्छ । अर्जुन कुमार र केडिसी हस्पिटलको संयुक्त लगानीमा बन्न लागेको यो चलचित्रमा स्वस्तिमा र महेशको जोडी देखिनेछ भने सुपुष्पासँग नव–कलाकार प्रतिक श्रेष्ठले जोडी बाध्नेछन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

नायिका स्वस्तिमा खड्काले चलचित्रमा आवद्ध हुनुको मुख्यकारण नै यसको कथावस्तु र आफ्नो पावरफूल भूमिका भनेकी छिन् । नायिका सुपुष्पा भट्टले पनि स्क्रिप्ट मन परेका कारण नै चलचित्रमा आवद्ध भएको बताइन् । निर्माता अर्जुन कुमारले यसपटक दर्शकले सस्पेन्स कथालाई रोमान्चक तरिकाले देख्न पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment