Comments Add Comment

एनआइसी एसियाको ‘सुपर चामत्कारिक बचत खाता’मा बीमा सुविधा

२५ भदौ, काठमाडौं । आफ्नो २२औं वाषिर्कोत्सवका अवसरमा एनआइसी एसिया ब्याङ्कले ‘सुपर चामत्कारिक बचत खाता’ सुरुवातको घोषणा गरेको छ ।

गत भदौ १०मा घोषणा गरिएको खाता योजनाले नेपाली जनताको बचत गर्ने बानीलाई थप प्रवर्द्धन गर्ने ब्याङ्कको विश्वास छ । ब्याङ्कका अनुसार यो योजनामा डिजिटल बैंकिङका डेबिट कार्ड, निःशुल्क इन्टरनेट तथा मोबाइल बैंकिङ, निःशुल्क क्रेडिट कार्ड, मिस्ड कल तथा भाइबर बैंकिङ लगायतका सुविधासँगै अन्य बिमा सुविधाहरू पनि छन् ।

सुपर चामत्कारिक बचत खातामा ग्राहकलाई एक करोड तिस लाख रुपैयाँसम्मको बिमा सुविधा निःशुल्क उपलब्ध हुनेछ । ग्राहकको परिवारका सदस्यहरूलाई एक करोड रुपैयाँको दुर्घटना बिमा उपलब्ध हुनेछ भने ग्राहकका दम्पतीलाई तिस लाख रुपैयाँको जटिल स्वास्थ्य समस्या बिमा उपलब्ध हुनेछ । परिवारलाई भने डेढ लाख रुपैयाँको स्वास्थ्य बिमा उपलब्ध हुनेछ । परिवार भन्नाले खातावाला दम्पती र २१ वर्षमुनिका दुई जना छोराछोरीलाई बुझिनेछ ।

सुपर चामत्कारिक बचत खातामै नारी बचत, ज्येष्ठ नागरिक बचत, बाबुनानी बचत, तलब बचत, विद्यार्थी बचत, उद्यमशील बचत, वैदेशिक रोजगार बचत, स्वरोजगार बचत, फिक्स डिपोजिट (मुद्धती) बचत र रिकरिङ् डिपोजिट (क्रमिक मुद्दती) बचतका लागि भिन्नभिन्न योजना घोषणा गरिएका छन् । यी योजनाहरूमा रजत (सिल्भर), स्वर्ण (गोल्डेन) र हीरक (डायमन्ड) गरी तिन श्रेणी छन् । सबै श्रेणीहरूमा ६.५ प्रतिशतको आकर्षक ब्याज उपलब्ध गराउने ब्याङ्कको योजना छ ।

रजत खाता न्यूनतम एक हजार रुपैयाँमा खोल्न सकिनेछ भने स्वर्ण र हीरक खाताका लागि क्रमशः २५ हजार र एक लाख रुपैयाँको न्यूनतम मौज्दात रकम तोकिएको छ । यी श्रेणीहरूमा प्राप्त हुने बिमा सुविधाको आकार, लकर मार्जिन, लकर छुट दर पनि फरकफरक छन् । डेढ लाख रुपैयाँको स्वास्थ्य बिमा हीरक श्रेणीमा मात्र उपलब्ध हुन्छ । पि्रभिलेज कार्ड पनि यो श्रेणीमा मात्र उपलब्ध छ ।

यी सबै श्रेणीका खाताका ग्राहकहरूले एक वर्षसम्म निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन् । सबै खाताहरू अनलाइन खोल्न सकिनेछन् ।

सुपर चामत्कारिक बचत योजनामा संयुक्त खाता भने खोल्न सकिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment