+
+
Shares

कार्ड नचलेर भारतमा अलपत्र पर्नु भएको छ ? तत्कालै राष्ट्र बैंकमा सम्पर्क गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १८:४७

२५ भदौ, काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरुको एटिएम बोकेर भारत पुगेकाे तर कार्ह  नचलेर रकम निकाल्न नपाएकाहरुलाई नेपाल राष्ट्र बैंकले सहयोग गर्ने भएको छ ।

स्वास्थ्य उपचार, भ्रमण तथा विविध कामले भारत पुगेका नेपालीहरु आफूले बोकेको एटिएम कार्ड नचलेर सास्ती पाएको खबर पछि राष्ट्र बैंकले सहयोग गर्ने बताएको हो ।

चिनिया ह्याकहरुले सिस्टम नै ह्याक गरे पछि नेपालका बैंक तथा वित्तीय संस्थाहरुले अहिले पनि सम्बिन्धत बाहेकका एटिएमबाट पैसा निकाल्न मिल्ने बनाएका छैनन् । अर्थात तपाईको जुन बैंकको एटिएम कार्ड छ त्यहीँ बैंकको एीटएम मेसिनमा गए मात्रै रकम निकाल्न सक्नु हुनेछ ।

एउटा बैंकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम मेसिनबाट पैसा निकाल्न नपाउने भए पछि भारत पुगेका नेपाली समस्या परेको गुनासो आएको थियो । यस्तो समस्यामा परेकाले नेपालमा रहेका आफ्ना आफन्तमार्फत आफूलाई सम्पर्क गरे २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था मिलाइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

‘पैसा निकाल्न नपाएर समस्यामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं, यसका लागि हामी सहजीकरण गर्न तयार छौं’ प्रवक्ता निरौलाले भने, ‘समस्यामा परेकाको आफन्तले मेरो व्यक्तिगत नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेँ, २४ घण्टाभित्रै भुक्तानीको व्यवस्था हामी मिलाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?