Comments Add Comment

साइन गरिसकेको ‘चपली हाइट ३’ किन छाडे सौगात र श्रृष्टीले ?

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको नाम अहिले चलचित्र क्षेत्रमा खुबै चर्चामा छ । चलचित्रको व्यापारका कारणले भन्दा पनि एक अर्कालाई चलचित्रका लागि सिफारिश गर्ने कुरामा यी दुई अगाडि छन् । यसले कतिपय निर्माता भने दिक्क हुन थालेका छन् ।

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले चलचित्र ‘चपली हाइट ३’ साइन गरिसकेका थिए । तर, सौगात र श्रृष्टी अन्तिम समयमा यसको हिस्सा बनेनन् । चलचित्रका निर्माता अर्जुन कुमारले त सौगातको समय नभएका कारणले गर्दा काम गर्न नसकिएको बताए । असोजदेखि चैत्रसम्म सौगात व्यस्त भएकाले समय मिल्न नसकेकाले काम नगरिएको उनले तर्क गरेका थिए ।

तर, सौगातले श्रृष्टीकै कारण यो चलचित्र छाडेका हुन् । श्रृष्टीले चलचित्र साइन गरेपछि सौगातले निर्माता अर्जुन कुमारलाई फोन गरेका थिए । फोनमा सौगातले श्रृष्टीलाई पारिश्रमिक कम दिएको भन्दै गुनासो गरेपछि अर्जुन भड्किएका थिए । यही कुराले नै यी दुइको सहकार्य ‘चपली हाइट ३’मा हुन नसकेको हो ।

सौगात र श्रृष्टी अहिले अफर आएका सबै चलचित्रमा एकसाथ काम गर्ने मुडमा देखिएका छन् । जसलेगर्दा, कतिपय चलचित्रमा काम गर्ने पक्का भएर पनि उनीहरु हिस्सा बन्न सकेका छैनन् । सौगात र श्रृष्टीको जोडी प्रेममा जमेको होला । तर, पर्दामा हरेक भूमिकामा जम्छ भन्ने छैन । यो बिषयमा सौगात र श्रृष्टीले पनि ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment