Comments Add Comment

रजोनिवृत्ति भएपछि के गर्ने ?

रजोनिवृत्ति अर्थात मेनोपोज । उमेर पुगेपछि महिनाबारी रोकिनु रजोनिवृत्तिको एउटा प्राकृतिक बायोलोजिकल प्रक्रिया हो, जुन हरेक महिलाहरुमा ४० देखि ५० बर्षको बीचमा हुन्छ । यो क्रममा महिलाहरुमा धेरै प्रकारका हार्मोनल परिर्वतनहरु आउन थाल्छन्, जसका कारण माहिनावारी बन्द हुन्छ ।

स्वास्थ्यमा असहजताको महसुस हुनु, जसको कारण राम्रो निद्रा नलाग्नु, चिसोमा पनि गर्मीको अनुभव हुनु, पसिना आउनु, स-साना कुरामा पनि चिडचिडापन आउनु, कुनै कुरा पनि रमाइलो नलाग्नु जस्ता व्यवहारहरु रजोनिवृत्तिको क्रममा देखिन्छ । तर यो समय बित्दै जाँदा यी समस्याहरु पनि हट्छन् ।

यदि कुनै महिला १२ महिनाभरि महिनावारी हुन्नन् भने त्यसलाई महिनावारी सुक्नु भनिन्छ । यो स्थितीमा महिलाहरुको आ-आफ्नै धारणाहरु हुन्छन् । कसैलाई महिनावारी सुक्नुले अब आफुमा प्रजनन क्षमता समाप्त भएकोले आफु बुढि भएको महसुस हुन्छ भने कसैलाई महिनावारीका कारण महिनै पिच्छेको झन्झटबाट मुक्त भएको अनुभव हुन्छ । त्यति मात्र नभएर आमा बन्ने इच्छा नभएका महिलाहरुलाई पनि एक किसिमले ढुक्क पनि भएको अनुभव गर्छन् ।

रजोनिवृत्ति एउटा सामान्य प्रक्रिया हो भन्ने थाहा भएर पनि धेरै महिलाहरुमा यसप्रति नकारात्मक धारणाहरु उत्पन्न हुन्छ । यसबारेमा सोचेर उनीहरु टेन्सन लिने गर्छन्, जसका कारण नचाहँदा-नचाहँदै पनि उनीहरुको मनोबल घट्छ र डिप्रेसनको शिकार बन्छन् । तर यो सबै भ्रम मात्र हो, यसको सामना सजिलै गर्न सकिन्छ ।

रजोनिवृत्ति एउटा नयाँ शुरुआत

रजोनिवृत्ति हुनु भनेको महिलाहरुलाई बुढेसकाल लाग्नु भन्ने धारण धेरै व्यक्तिहरुमा रहँदै आएको छ । तर अहिले धेरै मानिसलाई रजोनिवृत्ति हुनु भनेको सामान्य प्रक्रिया हो भन्ने साच्न थालेका छन् । प्राचिनकालमा महिलाको जीवन रजोनिवृत्तिबाट पनि अनुमान गरिन्थ्यो । तर महिला महिनावारी सुकेर पनि स्वस्थ जीवन बाँच्न सक्छिन् । यो उमेरमा पनि उनी आफ्नो परिवारसंग खुशीका साथ स्वस्थ जीवन बिताउन सक्छिन् ।

महिलाले आफ्नो जीवनको सम्पुर्ण लक्ष्यहरुलाई पुरा गर्न सक्ने क्षमता हुन्छ । किनभने उनको केवल महिनावारी सुकेको हो, अरु केहि परिवर्तन भएको होइन । उनी पहिला जस्तै काम गर्न, हाँस्न, हिँडडुल गर्न सक्छिन् ।

अधिकांश महिलालाई जीवनको यो अवस्था पार गर्दा एन्जायटी हुन्छ भन्ने भ्रम हुन्छ, जुन कुरा गलत हो । पुरुष जस्तै महिलाले पनि डिप्रेसनको सामना गर्नु पर्छ । हार्मोनल परिर्वतनको कारण छिन्-छिन्मा मुड परिवर्तन भैरहन्छ । त्यस्तो केवल रजोनिवृत्तिको कारणले मात्र हुँदैन, अन्य कुनै समस्याको कारण पनि हुन सक्छ । त्यसैले समयमा नै डाक्टरसंग जँचाउनु पर्छ ।

प्रायः सबै महिलाहरु रजोनिवृत्तिको क्रममा केहि फरक लक्षणहरुको अनुभव गर्छन् । मेनोपोजको क्रममा महिलाहरुलाई अचानक गर्मी लाग्नु, सुतेको समयमा पसीना आउनु, मुडमा अस्थिरता हुनु आदि लक्षणहरु देखिन्छ । तर यी लक्षणहरु हरेक महिलामा उस्तै हुन्छ भन्ने हुँदैन, कसैले धेरै भएको अनुभव गर्छन् भने कसैले थोरै ।

रजोनिवृत्तिले तौल बढ्दैन

प्रायः महिलाहरुको ३५ देखि ४५ बर्षको क्रममा वजन बढ्छ । रजोनिवृत्तिको कारण महिलाहरुको तौल बढ्दैन भन्ने कुरा चिकित्सकको जाँचबाट पत्ता लागेको छ । यो उमेरमा महिलाहरुको पहिले जस्तो सक्रिय हुन नसक्ने भएकोले मोटोपना आफंै उत्पन्न हुन्छ । यद्यपि रजोनिवृत्तिकोे कारण महिलाको शरीरमा बोसोको मात्रा बढ्छ, तर खानापानमा ध्यान दिने हो भने तौल बढ्न पाउँदैन ।

रजोनिवृत्ति पछि यौनसम्बन्ध प्रति रुचि कम

रजोनिवृत्तिपछि यौन सम्बन्धमा रुचि हुँदैन भन्ने सोचाई गलत हो, किनभने रजोनिवृत्ति पछि यौनसम्बन्ध राख्नाले गर्भधारणको समस्या रहँदैन । यदि तपाईंको १२ महिनासम्म पनि महिनावारी भएको छैन भने तपाईं कुनै चिन्ता बिना यौनजीवन बाँच्न सक्नु हुन्छ र यो समयमा तपाई यौन क्रियाकलापका कारण तपाईको मानसिक सामंजस्य पनि राम्रो हुन्छ ।

रजोनिवृत्ति पछि महिला गर्भवती हुन सक्ने

रजोनिवृत्ति हुनु अगाडि महिलाको महिहनावारीको समय अनिश्चित हुन्छ । यो क्रममा महिलाको महिनावारी बारम्बार परिर्वतन हुन्छ । यस्तो अवस्थामा यदि उनले यौन सम्बन्ध राख्छिन् भने गर्भधारण पनि हुन सक्छ । त्यसैले यो समयमा तपाईंले यौनसम्बन्ध राख्नु हुन्छ र गर्भधारण गर्ने इच्छा छैन भने गर्भनिरोधक औषधीहरुको प्रयोग गर्नु पर्छ । यदि तपाईंको महिनावारी १२ महीना भरि नै भएन भने मात्र गर्भधारणो समस्या हुँदैन ।

यी सबै धारणाहरुका कारण महिलाहरु रजोनिवृत्तिपछि आफुलाई कमजोर र लाचार महसुुुस गर्न थाल्छिन् । तर महिलाले आफुलाई कमजोर र लाचार सम्झनु पर्ने कुनै कारण छैन । वास्तवमा यो समयमा पनि महिलाहरु स्वस्थ भएर धेरै सक्रिय हुुनु आवश्यक छ । आफ्नो जीवनको पुरा गर्न बाँकि उद्देश्यहरुलाई सजिलै पुरा गर्न सक्छिन् । आफ्नो परिवार र साथीभाईसंग रमाइलो गर्ने र यात्रा गर्न सक्छिन् । त्यति मात्र होइन मेनोपोज पछि आफ्नो राम्रो ध्यान राख्ने महिलाहरु पहिला भन्द सुन्दर र सक्रिय हुन सक्छन् । उनीहरु जीवनको यो समयमा अरु समयमा भन्दा अझ बढि खुशी र रमाइलो गरेर जीवन बिताउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment