Comments Add Comment

केन्द्रीय बैंक पनि अब संघीय संरचनामा, गभर्नरको उमेरहद ६५ वर्ष !

२६ भदौ, काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकलाई संघीय संरचनामा लैजाने गरी कानूनी व्यवस्था गर्न लागिएको छ ।

अर्थमन्त्रालयले संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन विधयेकले केन्द्रीय बैंकलाई संघीय संरचनामा लैजान सक्ने व्यवस्था प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकका अहिले पनि ७ वटै प्रदेशमा कार्यालयहरु छन् । प्रदेश २ मात्रै दुई वटा राष्ट्र बैंकका कार्यालय छन् । तर तिनीहरुलाई प्रादेशिक कार्यलय भनिएको छैन । राष्ट्र बैंकका अधिकारीहरुले हाल रहेका कार्यालयहरुलाई प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गर्ने बताउदै आएका थिए । सोही अनुसार अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।

गभर्नरको पनि उमेर हद, सरकारले हटाउन सक्ने

विधयेकले राष्ट्र बैंकका गभर्नरको पनि उमेर हद तोक्ने प्रस्ताव गरेको छ । अहिले जुनसकुै उमेरका व्यक्ति पनि तोकिएको योग्यता पुगेमा राष्ट्र बैंकको गभर्नर अथवा सञ्चालक नियुक्त हुन सक्ने थिए ।

विधेयक जस्ताको तस्तै पारित भए अब राष्ट्र बैंकको सञ्चालक वा गभर्नर हुनका लागि ३५ वर्ष नाघेको हुनु पर्नेछ भने ६५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

राष्ट्र बैंक स्वायत्त निकाय हो । यसका गभर्नर वा डेपुटी गभर्नरहरुलाई सरकारले हटाउन अहिले सहज थिएन । तर प्रस्तावित विधयेकमा सरकारलाई चित्त नबुझे गभर्नर वा डेपुटी गभर्नरलाई हटाउन सहज हुने व्यवस्था गरिएको छ ।

यसअघि कार्यक्षमता अभाव भएमा मात्रै भनिएको ठाउँमा काममा ढिलासुस्ती गरेमा वा निर्णय गर्नु पर्ने विषयमा विलम्ब गरेमा हटाउन सक्ने विधेयकमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment