Comments Add Comment

२१ सय वर्ष पूरानो कंकालसँग ‘मोबाइल फोन’ भेटियो

अहिलेको समयमा सबैजसो मान्छेसाग मोबाइल हुन्छ । अहिलेको युगलाई मोबाइल फोनकेा युग भन्दापनि फरक पर्दैन । तर आजभन्दा २१ सय वर्ष अगाडिको अवस्था के थियो होला ? के त्यो समयमा पनि मोबाइल फोन थियो त ?

यस्तो प्रश्न नै बकबास लाग्दछ । किनकी मोबाइल फोन आविष्कार भएकै धेरै भएको छैन । तर हालै पुरातत्वविदहरुले यस्तो वस्तु फेला पारेका छन् जसले आजभन्दा २ हजार वर्ष पहिले समेत मान्छेहरुले मोबाइल फोन जस्तो चिज प्रयोग गर्दथे कि भन्ने संकेत गरेको छ ।

रुसको तुवामा पुरातत्वविदहरुले २१ सय ३७ वर्ष पूरानो मानव कंकाल फेला पारेका छन् । उक्त कंकालसागै अहिलेको आइफोन जस्तै आकारको देखिने एउटा वस्तुपनि फेला परेको छ । हुनत यो कुनै आइफोन होइन । तर यसको बाहिरी आकार प्रकार चाहीा ठ्याक्कै आइफोनकेा जस्तो छ । २ हजार वर्षभन्दा पूरानो मानव कंकालसाग त्यस्तो वस्तु भेटिएछि सबै तिनछक नपर्ने कुरै भएन । आखिर त्यो के वस्तु थियो ? के मानिसहरुले २१ सय वर्षअघि पनि मोबाइल फोन प्रयोग गर्दथे त ? भन्ने खालका प्रश्न पनि उठाउन थालिएको छ ।

उक्त वस्तु पत्थरकै एउटा हिस्सा भएको र त्यसमा कैयन् बहुमुल्य पत्थरहरु जडित भएको बताइएको छ । वास्तवमा यसमा लगाइएका पत्थरहरु यति बहुमुल्य छन् किन त्यसका सामु अहिलेको आइफोन फिक्का सावित हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment