Comments Add Comment

ब्रेकअपको झोंकमा शोसल मिडियाको दुरुपयोग

प्रेममा परेको व्यक्तिलाई यो संसार नै रमाइलो लाग्छ । सबैतिर खुशी नै  खुशी महसुस हुन्छ । तर, जब प्रेममा बे्रकअप हुन्छ,जीवन साह्रै नै कष्टदायक बन्छ । पहिला-पहिला ब्रेकअप भयो भने आफ्नो मिल्ने साथीसंग आफ्नो पीडा पोख्ने, विरहका गीत-संगीत सुन्ने, उदास भएर रहने गरिन्थ्यो, तर आज-भोलि ब्रेकअप भयो भने सोझ सोसल मिडिया खोलेर आफ्नो सबै भडास त्यहीं पोख्न थालिएको छ ।

त्यसका लागि अति नै भावनात्मक भनाइहरु (कोटेसन) खोजि-खोजि पोस्ट गरेर त्यहाँ सबैलाई पढाउने चलन बढेको छ । भावनात्मक संवेदनालाई बुझेन सकिन्छ , तर प्रायः हामी यो क्रियाकलापबाट आफ्नै मजाक उडाइरहेका हुन्छौं र फुर्सदमा पछुताउँछौं ।

तपाईंले आफैं सोच्नुहोस् त, कोही अरुको मुटु टुक्रिएको बेलाको पोस्टहरुमा तपाईंले कस्तो प्रकारको प्रतिक्रिया जनाउनु हुनेछ, अनि के तपाईं स्वयंलाई त्यही स्थितमा राख्न सक्नु हुनेछ ?

ब्रेकअपपछि तपाईंलाई ठूल्ठूलो स्वरले कराउन मन लाग्छ, धेरै बेरसम्म रुन मन लाग्छ । ठिकै छ, तपाईंलाई मन लागेका ती सबै कुराहरु गर्न सक्नु हुनेछ । तर, सोसल मिडियामा केही पनि नलेख्नुहोस् अथवा कुनै पनि प्रतिक्रिया नजनाउनु होस् । यदि तपाईं आफ्नो फेसबुक तथा इन्स्टाग्रँममा आफ्ना भावनाहरुलाई व्यक्त गर्न चाहिरहनु भएको छ भने केही कुरामा ध्यान दिनैपर्छ ।

तत्काल आफ्नो रिलेशनशिप स्ट्याटस परिवर्तन नगरौं

तपाईंको आफ्नो पार्टनरसंग ब्रेकअप भएको कुरा सारा संसारलाई बताइरहनु पर्ने आवश्यकता नै छैन । तपाईंका नजिकका आफ्ना साथी-भाइ तथा नातेदारहरु लाई उक्त कुराको जानकारी त भएकै हुनुपर्छ । त्यसैले फेसबुकको स्ट्याटसमार्फत तपाईंको उक्त परिवर्तनलाई तुरुन्तै व्यक्त गर्नु पर्ने आवश्यकता नै छैन । त्यो तपाईंको अति नै व्यक्तिगत दुःख तथा संकट हो । तपाईंले घरको छतमा गएर कराइ-कराइ सबैलाई सुनाउने आवश्यकता पनि छैन ।

उक्त कुरालाई सबैको सामु सार्वजनिक गर्नु पर्ने कारण नै छैन । मानिसहरुलाई आफ्नै तरिकाले थाहा पाउनका लागि छाडिदिनुस् । यदि तपाईंले सोसल मिडियामा ब्रेकअप भएको जानकारी गराउनु भयो भने तपाईंका साथीभाइ तथा नातेदारहरुको फोन, म्यासेजको त कुरै छाडौं, तपाईंलाई सामान्य चिनजानको व्यक्तिले समेत विभिन्न प्रकारका अर्ती-उपदेश दिन थाल्छन् । अधिकांश व्यक्तिहरु तपाईंबाट ब्रेकअपको कारणका बारेमा थाहा पाउन चाहन्छन् ।

त्यस्तो अवस्थामा तपाईं ब्रेकअपको पीडा भन्दा पनि मानिसहरुले राख्ने विभिन्न प्रकारका जिज्ञासाले थप पीडित बनाउँछ । यदि ब्रेकअपको जानकारी सोसल मिडियाबाट दिँदै हुनुहुन्छ भने तपाईंले मानिसहरुलाई बिना कारण नै कुरा काट्ने अवसर समेत प्रदान गरिरहनु भएको हुनेछ ।

एक्सलाई ब्लक नगर्ने

सोसल मिडियामा आफ्ना पूर्व प्रेमि/प्रेमिकालाई ब्लक गर्नु एउटा मूर्खतापूर्ण कदम हो । तपाईंले रिसै-रिसले त्यस्तो गरिदिनु हुन्छ, तर पछि तपाईंलाई त्यस्तो नगरे भए पनि हुन्थ्यो भन्ने लाग्छ । यदि आफ्नो फ्रेन्ड लिस्टमा अथवा अपडेटहरुमा उनको उपस्थितीले निकै गाह्रो हुन्छ भने उनलाई अनफ्रेन्डसम्म गर्न सकिनछ ।

यदि तपाईं आफ्ना एक्ससंग साथी बनिरहन चाहानु हुन्छ भने उनलाई ब्लक गुर्न अथवा अनफ्रेन्ड गर्नु ठिक होइन । यदि तपाईं सोसल मिडियामा निकै छिटो प्रतिक्रिया जनाउनु हुन्छ भने तपाईंको पार्टनरलाई ब्रेकअपले तपाईंलाई कति प्रभाव पारेको छ भन्ने कुराको जानकारी समेत तत्काल मिल्ने छ, जुन तपाईंले चाहनु भएको हुन्न । के कुरामा विश्वास गर्नु पर्छ भने आफ्ना पूर्व प्रेमी–प्रेमिका  बारेमा चासो दिँदा त्यसको नकारात्मक प्रभाव तपाईंलाई नै पर्न सक्छ ।

यदि एक पटक तपाईंको उनको बारेमा चासो राख्न थाल्नु भयो भने, त्यो रुटीन झैं बन्छ, जुन कुराको बारेमा तपाईंलाई जानकारी नै हुन्न । त्यसो भयो भने तपाईंलाई हरेक दिन उसको प्रोफाइल हेर्न मन लाग्छ, त्यसो गर्नाले तपाईं स्वयं नै दुःखी हुनु हुन्छे ।

उनको खुशीपूर्ण फोटोहरु तथा उनले साथीहरुसंग बिताएका क्षणहरुका बारेमा जानकारी पाउँदा तपाईंलाई नराम्रो लाग्न सक्छ । अझ उनलाई नयाँ पार्टनरसंग देख्नु भयो भने त तपाईं झनै दुःखी बन्न सक्नु हुनेछ । त्यसैले यदि तपाईंको कसैसंग ब्रेकअप भएको छ भने उनलाई तुरुन्त बिर्सिएर आफ्नो जीवन यात्रालाई नयाँ तरिकाले अघि बढाउनुमै सबैको भलाइ हुन्छ ।

नयाँ पार्टनरसंगको फोटो नराख्ने 

तपाईंलाई कसैको भावनात्मक साहराको आवश्यकता परिरहेको हुन सक्छ, तर उक्त व्यक्ति त्यति चाँडो तपाईंको नयाँ पार्टनर बन्नै सक्दैन । त्यसैले उसको तस्बिर आफ्नो सोसल मिडियाको प्रोफाइलमा राख्नै हुँदैन । यसले तपाईंलाई नै समस्या पैदान गर्न सक्छ ।

त्यसो गरेर तपाईंले अञ्जानमै आफ्ना पूर्व प्रेमि/प्रेमिकालाई दुःख दिइरहको मानिने छ । एक पटक सोच्नु होस् त, तपाईंको पूर्व प्रेमि/प्रेमिकाले तपाईंलाई त्यस्तै गरे भने कस्तो हुन्छ ? एक जनासंग ब्रेकअप भएर अर्कोसंग सम्बन्ध गाँसिने बित्तिकै उनको तस्बिर सोसल मिडियामा राख्नाले मासिनहरुले तपाईंको चरित्रकै बारेमा समेत शंका गर्न सक्ने कुरामा समेत ध्यान दिनु आवश्यक छ ।

अभिनय गर्ने आवश्यकता छैन

ब्रेकअपपछि कोही पनि खुशी हुँदैन, सबैलाई दुःख नै हुन्छ । सोसल मिडियामा तपाईंले आफू खुशी छ भनेर व्यक्त गरिरहनु पर्दैन । सोसल मिडियामा मोटिभेसनल कोट अथवा माया-प्रेम र मुटु टुक्रिएका विषयसम्बन्धि कुनै पनि पोस्ट गर्नु हुँदैन ।

तपाईंका कुनै पनि साथीले तपाईंको पोस्टलाई स्क्रिनशट गरेर अन्य साथीहरुलाई पठाउने र तपाईंको मजाक उठाउने सम्भावना अत्यधिक हून्छ । त्यस्तो बेला तपाईंले यी कुनै पनि काम गर्नु पर्ने आवश्यकता छैन ।

अनलाइन डेटिङ ब्रेकअपपछिको समस्याको हल होइन

ब्रेअअपपछि प्राय साथीहरुले तपाईंलाई डेटिङ साइट ज्वाइन गर्ने सल्लाह दिन सक्छन्, तर डेटिङ एप मुटु टुक्रिएपछिको  उपचार होइन । त्यसले तपाईंको दुःख कम हुँदैन । ब्रेकअपपछि चिनचानै नभएका नयाँ व्यक्तिसंग कुराकानी गर्नु निकै असहज हुनेछ । त्यसको साटो ब्रेकअपपछिको केही समय त्यस्तो काम गरेर बिताउनु पर्छ, जुन काम गर्दा तपाईंलाई खुशी मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment