Comments Add Comment

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः तपाईँको राज्यमा को सुरक्षित छ ?

२८ भदौ, काठमाडौं । राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । झण्डै आधा घन्टा धर्ना दिएका उनीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ? भन्ने ब्यानर प्रदर्शन गरेका थिए ।

कांग्रेस जिल्ला सभापतिहरु शनिबार नै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर दोषीलाई कारबाहीको माग गरेका थिए । ‘अब केही समय हेर्छौं, भएन भने हामी थप दबाब दिन्छौं’, कांग्रेस सभापति सवुज बानियाँले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment