Comments Add Comment

उपभोक्ता अधिकारका पक्षमा कलम चलाउने शाह सम्मानित

२८ भदाै, काठमाडौं । उपभोक्ता अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार उज्वलजंग शाह सम्मानित भएका छन्। कर्पोरेट पत्रिकाका सम्पादक रहेका शाहले उपभोक्ता हितमा अतुलनीय योगदान पुर्याएको भन्दै  उनलाई राष्ट्रिय उपभोक्ता मञ्चले सम्मान गरेको हो।

‘सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपभोक्ता हकहित र उनीहरुको अधिकार सुनिश्चितका लागि योगदान पुर्याएबापत उनलाई सम्मान गरिएको हो,’ संस्थाका अध्यक्ष प्रेमलाल महर्जनले सम्मानका क्रममा भने।

उनलाई संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका अध्यक्षले विमल प्रसाद श्रीवास्तवले उनीलगायत उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्नेलाई सम्मान गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment