Comments Add Comment

भूगोलपार्कमा प्रहरी धरपकड, पूर्वडीआईजी पनि पक्राउ

नेपाली सेनाका पूर्वमेजर पनि समातिए

२७ भदौ, काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेत पनि छन् ।

‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेका थियाैं, प्रहरीहरु आएर माथिको आदेश छ भनेर उठायो’, पूर्वडीआईजीले भने, ‘हामीलाई पुलिस क्लबमा राखेको छ ।’

प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको भट्टको गुनासो छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको बताए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ ।

तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।

विरोध प्रदर्शन गर्ने योजना बनाएकाले समात्यौंः सुवेदी

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘योजना बनाउँदै गर्दा सेनाका पूर्वमेजर पनि समातिएका छन् ।’ यद्यपि, उनले मेजरको नाम भने खुलाएनन् ।

अहिले वसन्तपुरमै भएकाले पक्राउ पर्नेको यकिन संख्या पनि खुलिनसकेको उनले बताए । उनले भने, ‘उनीहरु व्यवस्थाविरुद्ध नै नारावाजी गर्ने योजनामा थिए ।’

इन्द्रजात्रामा कुमारीको दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो वसन्तुर जारी कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment