+
+
Shares

योचाहिँ रहेछ बरमझियाको असली पेडा पसल !

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २८ गते ८:४०

२८ भदौ, विराटनगर । पूर्व-पश्चिम राजमार्गको सडक खण्डमा सप्तरीको बरमझिया क्षेत्रमा प्रशस्त पेडा पसलहरु देखिन्छन् । करिब पाँच किलोमिटर दुरीमा रहेका ८० भन्दाबढी पसलको नाम र काम एक अर्कामा मिल्दोजुल्दो छ । सबै पसलले आफूलाई असली दाबी गर्ने गरेका छन् ।

सडकको दुवै किनारमा खुलेका पसलले जोकोहीको ध्यान तान्छ । राजमार्गमा यात्रा गर्ने यात्रीको  कोसेलीको पनि हो पेडा । तर, सबैको नाम मिल्दोजुल्दो भएकाले असली खोज्नै मुस्किल पर्छ ।

राजमार्गका देखिएका पेडा पसलको ब्राण्ड स्थापित गर्ने व्यक्ति भने बैजनाथ साह हुन् । ६५ वर्षअघि सप्तरीमा साहले सुरु गरेको पेडा पसलको छुट्टै बजार स्थापित भइसकेको छ । बरमजियाको पेडा पूर्वदेखि पश्चिम चिनिएको छ ।

बैजनाथको पेडा पसलअघि ठूला अक्षरमा लेखिएको नामको मात्र नक्कल भएको छैन । साहले असली छुट्याउन पालेको सुगा समेत सबैले नक्कल गरेका छन् । ‘हाम्रो सुगा पालेका कारण असली भनेर देखाउन अरुले पनि सुगा पाले ।’ बैजनाथका छोरा राजकुमार भन्छन् ‘हाम्रो सुगा मर्‍यो, अझै केही पसलमा सुगा देखिन्छन् ।’

राजकुमारका अनुसार बैजनाथका बुबा अक्कल साहले चिया पसल सुरु गरेका थिए बरमझियामा । राजमार्गमा बुबाले खोलेको पसलमा बैजनाथपनि काम गर्थे । चियाकालागि आउने दुधको प्रयोग गर्दै बुबाले पेडा बनाउन सुरु गरेको राजकुमार बताउँछन् ।

बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशक पुग्नै लाग्दा बरमझिामा मात्र ८० भन्दा बढी पेडा पसल खुलेका छन । राजकुमारका अनुसार पलस खोल्नेहरुमध्ये आधाभन्दा बढी वैजनाथको पसलमा काम सिकेकाहरु छन् ।

बरमझियामा बैजनाथले सुरु गरेको पसल अझै पनि छ । तर, ८० भन्दा बढी पसलको भिडमा असली बाजेको पेडा पसल भने ओझेलमा छ । बरमझियालाई पेडा ब्राण्डको रुपमा स्थापना गरेका बैजनाथको तेस्रो पुस्ताले पसल धानिरहेको छ । बैजनाथका पतानी विवेकले असरी बाजेको पेडा पसल सम्हालिरहेका छन् ।

पसलको माथिल्लो भागमा ‘श्री बैजनाथ साहको पेडा भण्डार’ लेखिएको बोर्ड राखिएको छ । ब्राण्ड छुट्याउन राखिएको बोर्डको दायाँ-बायाँ बैजथानको फोटो पनि छ । जिजु हजुरबुबाले सुरु गरेको व्यावसायमा पढाइपछि विवेक सहभागी भएका हुन् ।

बुबाले पसल गर्दा ठेक्का पट्टा व्यवसाय गरेका राजकुमार पनि बुढेसकालमा बुबाकै पसलमा छन् । ‘यहाँ ८६ वटा पसल पुग्यो ।’ उनी भन्छन् ‘सबैले असली लेखेका छन्, तर सुरुवातचाहिँ बुबाले गर्नुभएको हो ।’

पेडाको ब्राण्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन्  । एक छोरा राजकुमार नातीसँग पसल सम्हालिरहेका छन् भने अर्का जयराम मोरङको रंगेलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?