काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा न्यूक्यासलमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले न्यूक्यासललाई ३-१ गोल अन्तरले हराएको हो ।
एन्फिल्डमा भएको खेलमा सुरुवाती अग्रता भने न्यूक्यासलले लिएको थियो । सातौं मिनेटमा नै विलियम्सले भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए ।
तर २८ औं मिनेटमा साडियोले गोल बराबरी गोल गरे । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
खेलको ७२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि घरेलु टोलीको जित पक्का भयो ।
 
                    










 २०७६ भदौ  २८ गते १९:४०
                        २०७६ भदौ  २८ गते १९:४०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4