२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको सचिव पदमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट पराजित भएका छन् ।
३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भए ।
बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सबैभन्दा कम १७ मत पाएका विष्ट भने पराजित भए ।
नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । अहिले मतगणना जारी छ ।
प्रतिक्रिया 4