
२९ भदौ, काठमाडौं । आकाशिन थालेको छापावाल सुनको भाउ १० दिनदेखि भने ओरालो झर्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार १० दिनभित्र सूनको मूल्यमा तीन हजार रुपैयाँ भन्दा बढिले गिरावट आएको छ ।
पछिल्लो पटक भदौ १९ गते कायम सुनको उच्चतम मूल्य प्रतितोला ७३ हजार ४ सय रुपैयाँ थियो । आइतबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँ तोकेको छ ।
यस्तै तेजावी सुनको प्रतितोला मूल्य ६९ हजार ९८ सय र चाँदीको प्रतितोला मूल्य ८ सय ४० रुपैयाँ तोकिएको छ । यो बीचमा तेजावी सुनको मूल्यमा उतारचढाब भए पनि छापावाल सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनिकरत्न शाक्यका अनुसार भाउ घटे पछि ग्राहकको चहलपहल बढ्न थालेको छ ।
दशै नजिकिदैं गर्दा मूल्य घट्नु र ग्राहकको चहल पहल थपिनुले उत्साहको संकेत दखिएको उनले बताए ।
प्रतिक्रिया 4